२०८२, २१ चैत्र आईतबार

टेरामोक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

टेरामोक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन


काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमु (टेरामोक्स) प्रविधि जडानको काम तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री तथा ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा थप छलफल गर्नुपर्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्न सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक तथा नेटवर्कको निगरानी एवम् ठगी रोक्नका लागि टेरामोक्स प्रणाली जडानको तयारी गरेको छ । टेरामोक्सबाट ‘फ्रड’ कल नियन्त्रण तथा दूरसञ्चार सेवाको गुणस्तर नियमन गर्न सहयोग पुग्ने प्राधिकरणको दाबी छ ।

यो प्रणाली जडान भएपछि दूरसञ्चार सेवाबापत उपभोक्तामाथि हुने ठगी एवम् राजस्वमा चुहावट नियन्त्रण हुने प्राधिकरणले जनाएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तरका सम्बन्धमा नियामक निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘दूरसञ्चार सेवा प्रयोग गरेबापत सेवा प्रदायकले शुल्क लिएको छ, त्यो शुल्क वास्तविक हो कि होइन भनेर दूरसञ्चार प्राधिकरणले ुमोनिटरिङु गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सञ्चार अत्यावश्यक सेवा भइसक्यो, ग्रामीण दूरसञ्चार नारामै सीमित भएको छ, यसलाई प्रभावकारी बनाउनुपर्छ ।’

एमाले सांसद गोकुल बाँस्कोटाले उपभोक्ताले सेवा प्रदायकबाट गुणस्तरीय सेवा पाएको छ कि छैन भनेर प्राविधिक लेखापरीक्षण गर्नुपर्ने बताउनुभयो । ‘प्राधिकरण नियामक निकाय हो, यसले दूरसञ्चार सेवाका बारेमा अनुगमन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का सांसद जनार्दन शर्माले दुर्गम जिल्लामा विश्वसनीय र गुणस्तरीय दूरसञ्चार सेवा दिनुपर्ने तथा मोबाइल र इन्टरनेट सेवाका सम्बन्धमा नियामक निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मोबाइल तथा इन्टरनेट सेवा लिने उपभोक्ताको सङ्ख्या लगातार वृद्धि भइरहेको अवस्थामा दूरसञ्चार सेवा प्रदायकको आम्दानी घट्नुको कारण के हो भनी प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ५ : २७ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा