२०८२, ४ कार्तिक सोमबार

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” बने ओखलढुंगाका रिजन राई

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” बने ओखलढुंगाका रिजन राई

घरैमा वाजागाजा सहित नगद एक लाख हस्तान्तरण


ओखलढुंगा । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रिजन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरैमा पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु. एक लाख हस्तान्तरण गरेको हो ।

वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद रु एक लाख जित्नुभएको हो । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।
सुपरस्टार बन्ने पालो अब तपाईको । डिशहोमको Active Customer बन्नुहोस् र हरेक हप्ता Superstar बम्परमा Megastar बन्नुहोस् ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ५ : १६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,