२०८२, २२ श्रावण बिहीबार

दाङमा बसको ठक्करबाट एक युवकको ज्यान गयो

दाङमा बसको ठक्करबाट एक युवकको ज्यान गयो


काठमाडौं । दाङको भालुवाङमा आज बिहान बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएको हो ।

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको ना ७ ख ५९७१ नम्बरको बसले बाटो पार गर्ने क्रममा खनाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका खनालको उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनु भयो ।

ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ३७ बजे

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको