२०८३, ११ कार्तिक बुधबार

गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा एकजना घाइते

गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा एकजना घाइते


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’

घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ३ : ०१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा