२०८३, ३० जेष्ठ आईतबार

रामेछापको दुर्गम भेगमा एकीकृत घुम्ती शिविर, २५१ जनालाई नागरिकता

रामेछापको दुर्गम भेगमा एकीकृत घुम्ती शिविर, २५१ जनालाई नागरिकता


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँबाटै सेवा दिन सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

शिबिरबाट २ सय ५१ जनालाई नागरिकता प्रदान गरिएको छ । यस्तै, शिबिरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ भने व्यवसाय दर्ता र नवीकरणको सुविधा पनि दिइएको थियो ।

गाउँपालिकाका सबै वडा केन्द्रमा सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । एक दिने शिविरमा ४ सय ४० जनाले राष्ट्रिय परिचयपत्र बनाउनका लागि फोटो खिचाएका छन् ।

शिविरमा ४८ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् भने ४३ जनाले अपाङ्गता परिचयपत्र बनाएको गाउँपालिका कार्यालयले जनाएको छ । शिविरमा २३ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । १ सय ९२ वटा व्यवसाय नवीकरण गरिएका छन् । वडा स्तरमा सञ्चालन हुने ३४ वटा विभिन्न योजनाम सम्झौता भएको जनाइएको छ ।

शिविरमा सबैभन्दा बढी वडा नम्बर १ गुम्देलमा ४८ वटा नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो । उक्त वडामा राष्ट्रिय परिचयपत्रका लागि पनि सबैभन्दा बढी ७९ जनाले फोटो खिचाएका छन् । ज्येष्ठ नागरिक परिचयपत्र पनि सोही वडामा सबैभन्दा बढी १३ वटा बनेका छन् । गुम्देल रामेछाप जिल्लाकै सबैभन्दा दुर्गम वडामा पर्छ । गाउँपालिका केन्द्रबाट नियमित यातायात साधन नचल्ने गुम्देलको वडा कार्यालय पुग्नै एक दिन लाग्छ । गाउँमै एकीकृत शिविर सञ्चालन भएपछि सर्वसाधारणले गाउँबाटै सेवा लिन पाएका छन् । गुम्देलबाट जिल्ला सदरमुकाम मन्थलीसम्म नागरिकता बनाउन आउँदा एकजनाको यातायात भाडा मात्रै ३ हजार रुपैयाँभन्दा बढी खर्च लाग्थ्यो ।

सनाखत गर्ने अभिभावक लिएर आउँदा यातायात भाडा त्यसभन्दा दोब्बर खर्च हुने गरेको छ । एक जनाको नागरिकता बनाएर घर फर्कँदा १० हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको थियो । शिविरका क्रममा वडा नं २ मा ४१ जनाले, ३ मा ३९ जनाले ४ मा ४४ जना, ५ मा ४० जना, ६ मा १२ जना र ७ मा २७जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

यसैगरी वडा नं २ मा ७४, ३ मा ६५, ४ मा ७०, ५ मा ६२, ६ मा ३६ र ७ मा ५४ जना गरी ४ सय ४० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १२ : ५२ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा