२०८३, २६ आश्विन मंगलबार

लगातार ३ दिन दोहोरो अङ्कले घटेको नेप्से आज ५ अङ्कले बढ्यो

लगातार ३ दिन दोहोरो अङ्कले घटेको नेप्से आज ५ अङ्कले बढ्यो


काठमाण्डौ । लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । शेयर बजार मङ्गलवार १९, सोमवार १२ र आइतवार ३५ अङ्कभन्दा धेरैले घटेको थियो ।

आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३७ लाख ३३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ४ : ४९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल