२०८३, २५ भाद्र शुक्रबार

दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी

दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी


काठमाडौं । दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।

भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो ।

नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती भनिने जडीबुटी खाएको जानकारी आएको लम्सालले बताउनुभयो । ६१ वर्षका धने कामी र १२ वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरुलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : १५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको