२०८३, १० कार्तिक मंगलबार

दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी

दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गयो, दुई जना बिरामी


काठमाडौं । दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।

भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो ।

नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती भनिने जडीबुटी खाएको जानकारी आएको लम्सालले बताउनुभयो । ६१ वर्षका धने कामी र १२ वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरुलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : १५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा