२०८३, २ भाद्र बुधबार

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी


काठमाण्डौ । इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन् । गाजाका स्थानीय अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा परेर गाजामा झण्डै सात सय जनाको ज्यान गएको छ ।

यस्तै हमासको आक्रमणमा परी इजरायलमा पनि नौ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ । हजारौँ नागरिक बत्ती, खाना र पानी बिना कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । गाजामा बसोबास गर्ने मानिसहरुका अनुसार यति ठूलो हिंसा यसअघि कहिल्यै भएको थिएन ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : २३ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण