२०८३, १० कार्तिक मंगलबार

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी


काठमाण्डौ । इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन् । गाजाका स्थानीय अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा परेर गाजामा झण्डै सात सय जनाको ज्यान गएको छ ।

यस्तै हमासको आक्रमणमा परी इजरायलमा पनि नौ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ । हजारौँ नागरिक बत्ती, खाना र पानी बिना कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । गाजामा बसोबास गर्ने मानिसहरुका अनुसार यति ठूलो हिंसा यसअघि कहिल्यै भएको थिएन ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : २३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा