२०८२, २९ पुस मंगलबार

भारतको सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का

भारतको सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का


काठमाडौं । भारतको सिक्किममा आएको बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएको छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।

उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खोजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएको बताउनु भएको छ । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएको र उनीहरुको खोजीका लागि समस्या भएको उहाँले बताउनु भयो ।

उहाँले बेपत्ताहरुको खोजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १ : ४९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र