२०८३, २० आश्विन बुधबार

इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गर्यो

इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गर्यो


काठमाडौं । इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गरिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उनीहरुलाई राजधानी तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

’बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ,’ रिजालले भन्नुभयो, ’अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको रिजालले बताउनु भएको छ ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । भण्डारीले अरु साथीहरु आउने क्रममा रहेको जानकारी दिनुभयो । ’हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं,’ भण्डारीले भन्नुभयो, ’हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।’

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ३६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको