२०८३, १० कार्तिक मंगलबार

इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गर्यो

इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गर्यो


काठमाडौं । इजरायली सेनाले हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार गरिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उनीहरुलाई राजधानी तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

’बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ,’ रिजालले भन्नुभयो, ’अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको रिजालले बताउनु भएको छ ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । भण्डारीले अरु साथीहरु आउने क्रममा रहेको जानकारी दिनुभयो । ’हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं,’ भण्डारीले भन्नुभयो, ’हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।’

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ३६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा