२०८२, २७ चैत्र शनिबार

कैद माफीविरुद्ध शान्ति समाजको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

कैद माफीविरुद्ध शान्ति समाजको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन


काठमाडौं । कैद माफीविरुद्ध राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग गर्दै, संभावित आर्थिक चलखेलबारे गहिरो छानविनको माग गर्दै प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी,महासचिव रेनुका पौडेललगायत ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।
निशेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रीत रहि असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको जनाएको छ । यस क्रममा शान्ति समाजका पाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको समाजले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  २ : ३४ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण