२०८३, १० कार्तिक मंगलबार

कैद माफीविरुद्ध शान्ति समाजको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

कैद माफीविरुद्ध शान्ति समाजको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन


काठमाडौं । कैद माफीविरुद्ध राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग गर्दै, संभावित आर्थिक चलखेलबारे गहिरो छानविनको माग गर्दै प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी,महासचिव रेनुका पौडेललगायत ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।
निशेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रीत रहि असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको जनाएको छ । यस क्रममा शान्ति समाजका पाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको समाजले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  २ : ३४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा