२०८३, १० कार्तिक मंगलबार

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् ! 

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् ! 


काठमाण्डौ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् ।

बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गर्नुभएको हो । उहाँले आफूहरूको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ ।

घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहे पनि आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको भन्दै उहाँले बंकरभित्र रहँदा कुन बेला मरिने हो भन्नेमा कुनै टुङ्गो नरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले बैठक बसिरहेको छ, उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगरेर छिटोभन्दा छिटो उद्धार गर्न अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  २ : २१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा