२०८३, १० कार्तिक मंगलबार

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला


काठमाण्डौ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरिएपनि यस वर्ष घटस्थापना शुरु हुन सात दिन अघि मात्रै बाँकी हुँदा खुलेको हो ।

गएको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ । हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला काठमाण्डौबाट हजारौँ यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ३८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा