२०८२, २५ कार्तिक सोमबार

इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान

इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान


काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्दारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलिय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका र मन्त्रिपरिद् बैठक लगत्तै साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
उनले भने ‘प्रधानमन्त्रीबाट दिउसो चारबजे मन्त्रिपरिषद् र त्यस लगत्तै सर्वदलिय बैठक आह्वान भएको छ । ’
बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ।
इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि परराष्ट्र मन्त्रालयमा बसिरहेको छ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  १० : ५८ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।