२०८३, १० कार्तिक मंगलबार

हुम्लामा जिप दुर्घटना : नौ जना गम्भिर घाइते उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो

हुम्लामा जिप दुर्घटना : नौ जना गम्भिर घाइते उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो


काठमाडौं । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भिर घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।
सोमबार समाजिक संञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइते भएको उनिहरुको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।
उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइतेहरुलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’
बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै,अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी रहेको उनको भनाई छ ।
हिजो सिमकोट गाउँपालिका –५, ग्वाले ढुस्कामा सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : ४८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा