२०८३, १० कार्तिक मंगलबार

हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्छ : महानिर्देशक अधिकारी

हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्छ : महानिर्देशक अधिकारी


काठमाडौं । हुलाक सेवा विभागका महानिर्देशक प्रदिप राज अधिकारीले सरकार हुलाकलाई प्रविधियुक्त बनाउने तयारीमा रहेको बताएका छन् ।
सोमबार विश्व हुलाक दिवसको अवसरमा उनले केही नियम र नियमावलीहरु जारी गरेर निजि क्षेत्रबाट हुने हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्ने बताए ।
उनले भने,‘कामको सन्दर्भलाई समेत जोडेर यसको संरचना विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । केही नियम र नियमावलीहरु जारि गरेर निजी क्षेत्रबाट हुने हुलाकको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्ने । र सरकारी हुलाक सेवालाई चुस्त ,व्यवसायिक र बढि सेवा मूलक पनि बनाउने गरि तयारी गरिरहेका छौं । ’
सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट भएको र आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्ने गरेको उनको भनाई छ ।
उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : ४४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा