२०८२, १२ मंसिर शुक्रबार

बुकबहादुर तामाङ बने डिशहोम सुपरस्टार, बाजागाजासहित १ लाख पुरस्कार

बुकबहादुर तामाङ बने डिशहोम सुपरस्टार, बाजागाजासहित १ लाख पुरस्कार


काठमाडौ । डिशहोम सुपरस्टार पुरस्कार बुकबहादुर तामाङ पाएका छन् । डिशहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन् ।

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्राप्त गरेका हुन् । चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको छ ।

तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए । रिचार्ज कार्ड बेच्ने डिलर दाइ अन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ । डिश मिडिया नेटवर्कले तामाङ सहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्ने छ ।

अघिल्लो हप्ता भोजपुरका भूपाजित राईले जितेका थिए । राईको घरमै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरेका थिए ।

२०८० असोज ८ गते सोमबार भएको लक्की ‘ड्र’ मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन्।

डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ ।

योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडियामा छाउनेसँगै सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : २६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री