२०८३, २८ श्रावण शुक्रबार

बुकबहादुर तामाङ बने डिशहोम सुपरस्टार, बाजागाजासहित १ लाख पुरस्कार

बुकबहादुर तामाङ बने डिशहोम सुपरस्टार, बाजागाजासहित १ लाख पुरस्कार


काठमाडौ । डिशहोम सुपरस्टार पुरस्कार बुकबहादुर तामाङ पाएका छन् । डिशहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन् ।

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्राप्त गरेका हुन् । चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको छ ।

तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए । रिचार्ज कार्ड बेच्ने डिलर दाइ अन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ । डिश मिडिया नेटवर्कले तामाङ सहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्ने छ ।

अघिल्लो हप्ता भोजपुरका भूपाजित राईले जितेका थिए । राईको घरमै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरेका थिए ।

२०८० असोज ८ गते सोमबार भएको लक्की ‘ड्र’ मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन्।

डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ ।

योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडियामा छाउनेसँगै सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : २६ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व