२०८२, २३ असार सोमबार

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा

गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा


काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गतेदेखि चल्तीमा आएको छ ।

राष्ट्र बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । उक्त नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यसैगरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “२०७९” लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा दुई बार्हसिङ्गेको चित्र रहेको छ भने मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा “rupees twenty” लेखिएको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा “२०२३ “लेखिएको छ ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  २ : ५० बजे

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत

बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको