२०८३, २४ भाद्र बिहीबार

“चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन”

“चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन”


काठमाण्डौ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने तर गरेको छैन ।’

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक गाडीले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद सुवेदीले भन्नुभयो, ‘चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, यात्रु भाडामा ठगी हुने गरेको छ । बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा नागरिकले कसरीे दशैँ मनाउँछन् रु भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गर्नुभएको हो । उहाँले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २ सय ५० रुपैयाँ पुगेको बताउनु भयो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीको लागि सरकारी र संस्थानका गाडीको प्रयोग गर्ने गरी प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  १ : ५६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको