२०८२, ११ मंसिर बिहीबार

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने


काठमाडौं । एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक विशेष समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेका हुन्।

सो कार्यक्रममा सह–वित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरू समेतको गरिमामय उपस्थिति रहेको थियो।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४ अर्बमध्ये सह–वित्तीयकरण अन्तर्गत ३ अर्ब करोड लगानी रहनेछ।

विश्वको ७औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ।

मार्च २०२४ बाट सुरू हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  ९ : २५ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री