२०८२, २३ असार सोमबार

सिन्धुपाल्चोकको तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेनर काठमाडौं भित्रिंदै

सिन्धुपाल्चोकको तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेनर काठमाडौं भित्रिंदै


सिन्धुपाल्चोक । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।

तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा रु एक करोड ६२ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व सङ्कलन हुने केसीको भनाइ छ ।

ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउँछन् । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लज समेत भरिभराउ हुन थालेका छन् ।
विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  ९ : ०८ बजे

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत

बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको