२०८३, १० कार्तिक मंगलबार

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनु भएको हो ।

उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिनुभयो । उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भोलि भूकम्पको केन्द्रबिन्दु बझाङको अवलोकन गर्ने र त्यसपछि थप कार्यक्रम अघि बढाउने तयारी छ ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ११ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा