२०८३, ७ कार्तिक शनिबार

ठमेलमा बसेर युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

ठमेलमा बसेर युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ


काठमाडौं । नेपाल प्रहर‍ीले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ ।

पाकिस्तानी र अजरबैजानी नागरिकको साँगगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर वर्क पर्मिटुलगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् ।

उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा छन् ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ ।

उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ६ : २६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने