२०८३, ८ बैशाख बुधबार

ठमेलमा बसेर युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

ठमेलमा बसेर युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ


काठमाडौं । नेपाल प्रहर‍ीले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ ।

पाकिस्तानी र अजरबैजानी नागरिकको साँगगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर वर्क पर्मिटुलगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् ।

उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा छन् ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ ।

उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ६ : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले