२०८२, ४ कार्तिक सोमबार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार


काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ ।

आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ३ : २२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,