२०८३, ७ कार्तिक शनिबार

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, दावाको निर्देशनमा ल्याइँदै थियो सुन

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, दावाको निर्देशनमा ल्याइँदै थियो सुन


काठमाडौँ । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा रहेका छन् । उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँको स्वयम्भू बस्दै आएका उनी बुधबार सोही स्थानबाट पक्राउ परेका हुन् । उनी सुन तस्करी गरेर ल्याउन निर्देशन दिने भूमिकामा रहेको बताएपनि सीआईबीले उनी नै सुन मालिक हुन् या अरु नै छन् भन्नेबारे भने थप खुलाएको छैन ।

दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो

असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो

तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपाल तर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले बताए ।

यो प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।

दोलखा हुँदै सुन काठमाडौँ ल्याउने तस्करहरूको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ३ : १९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने