२०८२, ४ कार्तिक सोमबार

सिटिजन्स बैंकको दशौ अफर : आफ्नो ग्राहकले दराजबाट सामान खरिद गर्दा २ हजारसम्म छुट पाउने

सिटिजन्स बैंकको दशौ अफर : आफ्नो ग्राहकले दराजबाट सामान खरिद गर्दा २ हजारसम्म छुट पाउने


काठमाडौं । दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराज सँग समझौता गरेको छ ।

सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधि बीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धर ले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रीपेमेन्ट गर्ने ग्राहकहरूले १५ प्रतिशतसम्मको र अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन ।

यस्तै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्मको र अधिकतम २ हजार रुपैयाँको छुट प्राप्त गर्नेछन् । यो अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,