२०८३, ३० असार बुधबार

सिटिजन्स बैंकको दशौ अफर : आफ्नो ग्राहकले दराजबाट सामान खरिद गर्दा २ हजारसम्म छुट पाउने

सिटिजन्स बैंकको दशौ अफर : आफ्नो ग्राहकले दराजबाट सामान खरिद गर्दा २ हजारसम्म छुट पाउने


काठमाडौं । दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराज सँग समझौता गरेको छ ।

सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधि बीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धर ले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रीपेमेन्ट गर्ने ग्राहकहरूले १५ प्रतिशतसम्मको र अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन ।

यस्तै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्मको र अधिकतम २ हजार रुपैयाँको छुट प्राप्त गर्नेछन् । यो अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै