२०८२, १५ भाद्र सोमबार

गाडी किन्नेलाई ग्लोबल आइएमईले दियो धेरै ऋण नबिल र कुमारी पनि अगाडि, कसले कति दिए

गाडी किन्नेलाई ग्लोबल आइएमईले दियो धेरै ऋण नबिल र कुमारी पनि अगाडि, कसले कति दिए


काठमाडौं । गाडी किन्नेलाई सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । बैंकले एक महिनाको अवधिमा नै साढे १३ अर्ब बढी सवारी कर्जा हायर पर्चेज लोन प्रवाह गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनमा संचालनमा रहेका २० वटा वाणिज्य बैंकले सवारी कर्जा तर्फ कुल १ खर्ब ११ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । सोमध्ये ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै देखिएको हो । गत साउनमा मात्रै ग्लोबल आइएमईले गाडी किन्नेलाई १३ अर्ब ६३ करोड २४ लाख रुपैयाँ कर्जा दिएको छ ।

यस्तै, दोस्रो नम्वरमा नबिल बैंक देखिएको छ । बैंकले गत साउनमा गाडी किन्नेलाई ८ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको हो । गत आवको सोही महिनामा पनि बैंकले ८ अर्ब बढी नै सवारी कर्जा दिएको थियो ।

साउनमा धेरै कर्जा दिनेको तेस्रो सूचीमा भने कुमारी बैंक देखिएको छ । कुमारीले गाडी किन्नेहरुलाई ८ अर्ब १ करोड १४ लाख रुपैयाँ ऋण दिएको छ । सवारी कर्जा दिन प्रभु बैंक पनि अगाडि नै देखिएको छ । एक महिनामै प्रभुले पनि ७ अर्ब २ करोड ३१ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेको छ । यता, हिमालयन बैंकले पनि ७ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

गत वर्षको सोही अवधीको तुलनामा अधिकांश बैंकहरुको सवारी कर्जा घटेको छ । तर, एभरेष्ट बैंकले भने बढाएको छ । गत वर्षको साउनको तुलनामा एभरेष्टले सवारी कर्जा १९।९३ प्रतिशतले बढाएको छ । बैंकले एक महिनामै ३ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ गाडी किन्नेलाई ऋण दिएको हो ।

यस्तै, गत साउनमा गाडी किन्नेका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ९४ करोड ७६ लाख, प्राइमले ५ अर्ब ८७ करोड ५५ लाख, एनएमबिले ५ अर्ब ६६ करोड ८३ लाख, एनआइसी एशियाले ५ अर्ब ६० करोड ९५ लाख र माछापुच्छ्रे बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

त्यसैगरि लक्ष्मी सनराइज बैंकले पनि ४ अर्ब ७५ करोड ११ लाख, सिद्धार्थ बैंकले ४ अर्ब ७८ करोड ८३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ८६ करोड ४१ लाख, सिटिजनले ४ अर्ब ५० करोड ५९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ७१ लाख, नेपाल एसबिआईले २ अर्ब २२ करोड ५ लाख, कृषि विकासले २ अर्ब ८० करोड ५३ लाख रुपैयाँ सवारी कर्जा दिएका छन्।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०० बजे

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई

यी हुन् मन्त्रिपरिषद्का २४ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को भदौ

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद