२०८२, ४ कार्तिक सोमबार

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने अन्तिम मौका आज छुट्ला है

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने अन्तिम मौका आज छुट्ला है


काठमाडौं । आज एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी दुवै बैंकले भोलि अर्थात असोज १६ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । मंगलबार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीहरुले यी दुई बैंकको लाभांश पाउने छन् ।

एनआईसी एशियाले आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुने सभामा बैंकले लाभांश पारित गर्ने मुख्य एजेण्डा तय गरेको छ । सभाले कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यता, एभरेष्ट बैंक पनि आगामी असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा आयोजना गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  १ : ५१ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,