२०८३, २६ आश्विन मंगलबार

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने अन्तिम मौका आज छुट्ला है

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने अन्तिम मौका आज छुट्ला है


काठमाडौं । आज एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी दुवै बैंकले भोलि अर्थात असोज १६ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । मंगलबार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीहरुले यी दुई बैंकको लाभांश पाउने छन् ।

एनआईसी एशियाले आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुने सभामा बैंकले लाभांश पारित गर्ने मुख्य एजेण्डा तय गरेको छ । सभाले कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यता, एभरेष्ट बैंक पनि आगामी असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा आयोजना गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  १ : ५१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल