२०८२, १९ भाद्र बिहीबार

ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद

ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद


काठमाण्डौ । दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको प्रहरीको भनाइ छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुँदै आएकोमा अब तस्करहरूले दोलखा र रसुवाका विभिन्न नाका प्रयोग गर्न थालेका प्रहरीले जनाएको छ । गएको भदौ र यो असोज महिनामा गरी रसुवाबाट पनि चार किलो सुन बरामद भइसकेको छ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ५ : ४८ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना