२०८२, २१ भाद्र शनिबार

दोलखा सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

दोलखा सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ


काठमाडौं । दोलखा सुन तस्करी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का ३० वर्षीय चसमान तामाङ र २७ वर्षीय राज तामाङ रहेका छन् ।

सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए ।

दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन बुधबार ४ केजी र शुक्रबार ३ केजी बरामद गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म तस्करले ल्याएको ७ केजी सुन पक्राउ गरेको छ । फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।

फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : ५७ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन