२०८२, ४ फाल्गुन सोमबार

एमाले कर्णाली अधिवेशन : राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता

एमाले कर्णाली अधिवेशन : राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाहीले र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताए । ‘‘केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’, उनले विज्ञप्तिमा भनेका छन् ।

उनले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको बताएका छन् । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए ।

अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दिएका थिए । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  १ : ३५ बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै