२०८२, २३ मंसिर मंगलबार

एमाले बाग्मती प्रदेशको नेतृत्व चुन्न मतदान चल्दै

एमाले बाग्मती प्रदेशको नेतृत्व चुन्न मतदान चल्दै


काठमाण्डौ । नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय मेशिनबाट मतदान भइरहेको हो ।

प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल उम्मेदवार हुनुहुन्छ । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उहाँहरूले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा भइरहेको हो ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिस्पर्धामा भइरहेको छ ।

गएको ८ गते शुरु भएको एमालेको प्रदेश अधिवेशन असोज १० गतेसम्म चल्ने तय भएको थियो । तर प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसक्दा दुई दिन लम्बिएको हो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । अधिवेशनमा एक हजार एक सय ७४ प्रतिनिधि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुङ्गो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि चुनाव गरिएको हो ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  ४ : १० बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला