२०८२, २२ मंसिर सोमबार

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि हुने, आजै मतपरिणाम घोषणा हुने

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि हुने, आजै मतपरिणाम घोषणा हुने

एमाले बागमतिमा सहमति प्रयाश असफल


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सुरुमा ५ जना उम्मेदवार बनेकोमा अन्तिम नामावली प्रकाशन गर्दा केन्द्रीय सदस्यद्वय दाहाल र ढुंगेल मात्र प्रतिस्पर्धामा रहनुभएको हो ।

तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षमा उम्मेदवारी दिनुभएका केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यस्तै उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव प्रतिस्पर्धा हुनेछ । यस्तै उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डवल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकाल उम्मेदवार हुनुहुन्छ । उपसचिवमा एक महिला र एक पुरुष निर्वाचित हुनेछन ।

अध्यक्षका प्रत्यासी कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा रहनुभएको छ । सहमतिको प्रयाश बिफल भएपछि आज बिहान ११ः३० बजेबाट मतदान सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  १० : ५४ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला