२०८२, २३ मंसिर मंगलबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने


काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्द सत्र जारी छ । आज बिहान ११ बजे सुरु भएको बन्द सत्रमा प्रदेश अध्यक्ष बिनोेद कुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने छन् ।

प्रतिवेदनहरूमा आज दिनभर छलफल चल्ने र निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुनेछ । प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् । तर एक भन्दा बढी आकांक्षी भएकाले निर्वाचन हुने पक्काजस्तै छ ।

उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा रहेको नेताहरु बताउँछन् । ‘सहमति जुट्ला जस्तो छैन । कमरेडहरु आ–आफ्नो प्यानलसहित अगाडि बढिसक्नुभएको छ । निर्वाचन हुुने पक्का भएको छ’ एक केन्द्रीय सदस्यले भने, ‘भोलिदेखि मतदानको प्रक्रिया अगाडि बढ्छ । अहिलेसम्म कुनैपनि नेताले औपचारिक रुपमा अध्यक्ष लड्ने घोषण गर्नुभएको छैन ।’

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल समूहबाट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट नेता मीनबहादुर शाहीलाई अध्यक्षको लागि अगाडि सारिएको छ । मीनबहादुरलाई प्रदेश अध्यक्ष विनोदकुमार शाहको समेत साथ रहेको एमाले स्रोत बताउँछ ।

सल्यानका शाह र कालीकोटका शाहीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेको नेताहरुको दावी छ । सामुदायिक रेडियोका अभियन्ता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन् भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन् ।

गुलाबगङ्ग शाहको प्यानलबाट उपाध्यक्षमा टेकराज पछाई, सचिवमा धुव्रकुमार शाही उम्मेदवार बन्ने नेताहरु बताउँछन् । मीनबहादुर शाहीको प्यानलबाट उपाध्यक्षमा लालबहादुर महतरा र सचिवमा डण्डिप्रसाद शर्मा र रुद्र शाहीको चर्चा रहेको छ ।

अध्यक्ष ओलीले भने मीनबहादुर शाहीलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चुन्न जोड दिएको स्रोतको दाबी छ । तर स्थायी कमिटी सदस्य कँडेलले प्रदेशको निर्णय प्रदेशले नै गर्ने भन्दै गुलाबजंग शाहलाई अघि सारेपछि अध्यक्षतामा चुनाव हुने पक्काजस्तै छ ।

यसअघि एमालेको कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका कँडेललाई पछिल्लो जिम्मेवारी हेरफेरमा पार्टीले दैलेख इन्चार्ज बनाएको थियो । आफूबाट प्रदेश इन्चार्ज खोसेर सुदुरपश्चिमका लेखराज भट्टलाई इन्चार्ज बनाएको भन्दै कँडेल असन्तुष्ट छन् ।

कँडेल पार्टीमा लामो समय ओलीकै प्यानलमा रहेपनि पछिल्लो समय आफूलाई अध्यक्ष ओलीले उपेक्षा गरिरहेको बताउँदै आएका छन् । प्रदेशको मुख्यमन्त्री बनाउनेदेखि प्रदेश इन्चार्ज खोस्ने काम केन्द्रीय नेतृत्वले गरेको भन्दै कँडेलले ओलीको प्रस्ताव अस्वीकार गरेको नेताहरु बताउँछन् ।

प्रदेश अधिवेशन उद्घाटन गर्न बुधबार सुर्खेत पुगेका ओलीले प्रदेशका नेताहरु कुनैपनि छलफल गरेनन् । अधिवेशन सकिएलगत्तै उनी नेपालगञ्ज हुँदै काठमाण्डौं फर्किएका थिए ।

प्रदेश अध्यक्षका लागि पूर्वसभामुख राजबहादुर शाहीले पनि दावी गरिरहेका छन् । तर उनको प्यानल भने छैन ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ३ : ५० बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला