२०८२, २३ मंसिर मंगलबार

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए ।

आफ्नो कार्यकाल छोटो भएको भन्दै पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गर्दै आएका थिए । तर गोकुल बास्कोटा लगायतका नेताहरुको समर्थनमा कृष्ण दाहाल र महेश बस्नेत लगायतले ढुंगेललाई साथ दिएपछि सर्वसम्मत हुन सकेन । बुधबार साँझ पाँच जनाको उम्मेदवारी पर्‍यो ।

त्यसपछि पनि सर्वसम्मतिको प्रयास गरेको भन्दै निवर्तमान अध्यक्ष पाण्डे भन्छन्, ‘वर्तमान अध्यक्षका हैसियतले सर्वसम्मति बनाउने काममा लाग्छु र त्यसको सुरुवात आफैंबाट गर्छु भनेर मेरो उम्मेदवारी दर्ता नगर्न आग्रह गरेको हुँ ।’

क्गशगपष् म्बकजबष्ल इााभच

आफूले उम्मेदवारी फिर्ता लिएपछि पनि अहिलेसम्म सहमति नजुटेको भए पनि प्रयास भइरहेको उनले बताए । नेता पाण्डेले भने, ‘अझै एकाध घन्टा प्रयास गर्छौं ।’

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ३ : ४३ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला