२०८२, २२ मंसिर सोमबार

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु


काठमाण्डौ । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु भएको छ । बाग्मती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ । नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुँदैछ ।

भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान छ । एमाले बाग्मतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहेका छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी तथा उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र शुरु भएको छ ।

१० बजे बन्द सत्र शुरु भएको एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतराले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  १० : १९ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला