२०८२, २० चैत्र शनिबार

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु


काठमाण्डौ । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु भएको छ । बाग्मती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ । नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुँदैछ ।

भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान छ । एमाले बाग्मतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहेका छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी तथा उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र शुरु भएको छ ।

१० बजे बन्द सत्र शुरु भएको एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतराले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  १० : १९ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।