२०८२, ४ फाल्गुन सोमबार

एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने

एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने


काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन सञ्चालनका लागि नेता गुरु बरालको अध्यक्षतामा ११ सदस्य अध्यक्ष मण्डल गठन भएको छ ।

जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।

अध्यक्ष केशवराज पाण्डेले बन्दसत्रमा पेस गरेको राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि दिउँसो २ बजेबाट छलफल हुने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि छलफल सकिएपछि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।


एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ३ : ३७ बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै