२०८३, ११ कार्तिक बुधबार

उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डाै महानगरले बनायो वार्ता टोली

उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डाै महानगरले बनायो वार्ता टोली


काठमाण्डौ । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

वार्ताको तयारी बारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ई ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहनु भएको छ ।

हिजो ‘ई’ ले महानगरका मेयर शाहले श्री छ को शैलीमा वार्ताको प्रस्ताव आएको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताउनु भएको थियो ।

आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ‘ई’ लाई भेट्नु भएको छ । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनु भएको थियो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  २ : ३२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा