२०८३, २५ भाद्र शुक्रबार

उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डाै महानगरले बनायो वार्ता टोली

उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डाै महानगरले बनायो वार्ता टोली


काठमाण्डौ । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ‘ई’ सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

वार्ताको तयारी बारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ई ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहनु भएको छ ।

हिजो ‘ई’ ले महानगरका मेयर शाहले श्री छ को शैलीमा वार्ताको प्रस्ताव आएको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताउनु भएको थियो ।

आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ‘ई’ लाई भेट्नु भएको छ । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनु भएको थियो ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  २ : ३२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको