२०८२, ४ कार्तिक सोमबार

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो


काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो ।

गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेपछि व्यवसायीहरू निर्यातमा आकर्षित भएका हुन् ।

नेपालबाट पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट र सिजी सिमेन्ट भारतीय बजारमा निर्यात भइरहेको छ ।

गएको वर्षको साउनमा पाल्पा सिमेन्टले ४१ लाख रुपैयाँको सिमेन्ट भारत पठाएर निर्यातको शुरुवात गरेको थियो । पछिल्लो ६ महिनादेखि मासिक १० करोड रुपैयाँभन्दा धेरैको निर्यात भइरहेको छ । अहिलेसम्म १ अर्ब २० करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारतीय बजारमा बिक्री भएको विभागको तथ्याङ्क छ ।

सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले अहिले स्वदेशमा खपत निकै कम भएको र उद्योगहरूले आफ्नो क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताउनुभयो । देशभित्रको माग घटिरहेको अवस्थामा निर्यातले केही राहत भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ५ : ३२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,