२०८३, २६ आश्विन मंगलबार

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो


काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो ।

गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेपछि व्यवसायीहरू निर्यातमा आकर्षित भएका हुन् ।

नेपालबाट पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट र सिजी सिमेन्ट भारतीय बजारमा निर्यात भइरहेको छ ।

गएको वर्षको साउनमा पाल्पा सिमेन्टले ४१ लाख रुपैयाँको सिमेन्ट भारत पठाएर निर्यातको शुरुवात गरेको थियो । पछिल्लो ६ महिनादेखि मासिक १० करोड रुपैयाँभन्दा धेरैको निर्यात भइरहेको छ । अहिलेसम्म १ अर्ब २० करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारतीय बजारमा बिक्री भएको विभागको तथ्याङ्क छ ।

सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले अहिले स्वदेशमा खपत निकै कम भएको र उद्योगहरूले आफ्नो क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताउनुभयो । देशभित्रको माग घटिरहेको अवस्थामा निर्यातले केही राहत भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ५ : ३२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल