२०८२, २४ मंसिर बुधबार

सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चाहेको छैन : ओली

सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चाहेको छैन : ओली


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि त्यो आयोगमार्फत छानबिन गर्न भने नमानेको उहाँको जिकिर थियो ।

आजदेखि काठमाण्डौमा शुरु भएको पार्टीको बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । सुन तस्करहरूलाई भगाउनका लागि सरकार एक महिनापछि मात्रै आयोग बनाउन तयार भएको उहाँले दाबी गर्नुभयो । ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै न कुनै दिन छानबिन गराएरै छाड्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एक महिनासम्म सङ्घर्ष गरेर सुन तस्करीको छानबिन गर्नुपर्छ, व्यापक छानबिन गर्नुपर्छ भन्यौँ । एक महिनापछि सरकार बल्ल आयोग बनाउन मान्यो । तस्करहरूलाई भगाउन नै सरकारलाई एक महिनाको समय चाहिएको हो । अहिले सरकार छानबिन गर्नु हुँदैन भनिराखेको छ ।’

ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले जेल पर्नेमा सत्तारूढ दलकै नेताहरू हुने उहाँले दाबी गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको आवाज संसदमा उठ्न नदिनका लागि संसद् लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ५ : २४ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे