२०८२, २० चैत्र शनिबार

एमाले वाग्मती प्रदेशमा समस्या छ, निर्मम समीक्षा गुर्नुपर्छ : ईश्वर पोखरेल

एमाले वाग्मती प्रदेशमा समस्या छ, निर्मम समीक्षा गुर्नुपर्छ : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले वागमती प्रदेशमा समस्या रहेको बताएका छन् । उपाध्यक्ष पोखरेलले नेकपा एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशभित्र देखा परेको समस्यालाई निर्मम रुपमा समिक्षागरी समाधान गर्नुपर्ने बताएका हुन ।

धेरै खालका चुनौती सामना गर्दै वाग्मती प्रदेशले पार्टीलाई यो ठाउँमा ल्याएको उनले बताए । ‘यो प्रदेशमा पार्टीलाई विचारबाट, संगठनबाट, नेतृत्वबाट विस्थापित गर्ने ठुला ठुला अपराधपूर्ण कार्यहरु भईरहेको पोखरेलले दावि गरे।

यस बिचमा वाग्मती प्रदेशमा पार्टी भित्र पनि केही समस्या रहेको बताउँदै पोखरेलले त्यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने जिकिर गरे। गएको निर्वाचनमा एमालेले वाग्मती प्रदेशमा प्राप्त गरेको परिणाम प्रति पोखरेलले असन्तुष्टि समेत व्यक्त गरका छन्। संगठनात्मक क्षेत्रमा देखिएका केही बेथितिलाई मिलाउन सकिएन भने हामी उद्देश्यमा सफलता प्राप्त गर्न सक्दैनौँ पोखरेलको तर्क थियो ।

अहिले देश संकटमा छ, सामाजिक अराजकता, सांस्कृतिक अधोपतन र आर्थिक विशृङ्खलताले संकट उत्पन्न भएको उनले बताए । वर्तमान गठबन्धन सरकारलाई पोखरेलले आपराधिक गिरोहको संज्ञा दिएका छन् । ‘यो सरकार सरकार नभएर यो देशलाई आपराधिक गिरोहको कुकर्मको मञ्चन भइरहेको छ, यसलाई हामीले बुझ्नु पर्ने जरुरी छ उनको भनाई थियो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ४ : २५ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।