२०८२, २४ मंसिर बुधबार

आजबाट एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदै,अध्यक्ष ओलीले रोबोटकोबाट उद्घाटन गर्ने

आजबाट एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदै,अध्यक्ष ओलीले रोबोटकोबाट उद्घाटन गर्ने


काठमाडौँ । आजदेखि नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

संघीय राजधानी रहेको प्रदेश भएकाले अधिवेशनलाई निकै चासेपुर्वक हेरिएको छ । नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले अधिवेशनको तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो । अध्यक्षमा आकांक्षीको संख्या धेरै भएपछि सहमतिको सम्भावना नरहेको नेताहरुले बताउने गर्नुभएको छ ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा पाँचजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ । बगमतीको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गर्नुभएको हो ।

यसैबीच अध्यक्षमा पूर्व सांसद कृष्णभक्त पोखरेलले पनि अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । पार्टी अध्यक्ष ओलीसँगको भेटपछि उहाँले अध्यक्षको लागि आफू निकट नेताहरुसँग छलफल गर्नुभएको हो । संघीय संरचनामा गएपछि पहिलो चोटी एमाले बागमती प्रदेश अधिवेशन हुँदैछ ।

अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुनेछ । नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ९ : ५३ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे