२०८२, ४ कार्तिक सोमबार

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार


काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेको छ ।

आज लघुवित्तबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९० लाख तीन हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ६ : १९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,